इंग्ल्याण्डको राष्ट्रिय फुटबल टिमका पूर्वडिफेन्डर ट्रेभर चेरीको निधन भएको छ। ७२ वर्षका चेरीको बुधबार निधन भएको हो।।
सन् १९७२ मा उनी हड्लसफिल्डबाट लीड्स गएका थिए। उनले क्लबबाट ४८६ खेल खेले।
उनले लीड्सबाट सन् १९७४ मा लिग च्याम्पियनसिपको उपाधि जितेका थिए। यस्तै उनले इंग्ल्याण्डको टिमबाट २७ खेलमा सहभागिता जनाएका थिए।
एक पटक टिमको कप्तानी गरेका उनी सन् १९८० को युरोपियन च्याम्पियनसिपमा इंग्ल्याण्डको टोलीका सदस्य थिए। उनी ब्राड्फोर्डमा खेलाडीसँगै प्रशिक्षक पनि थिए, सो क्लबबाट उनले ९२ खेल खेले।
पूर्वक्लब लीड्स युनाइटेडले उनकोृ मृत्यु अकश्मात र अप्रत्याशित रुपमा भएको जनाएको छ।