स्टार जन्माउने नविताको योजनामा महामारीको अल्पविराम

देखापढी

काठमाडौँ

सुजन श्रेष्ठ

नेपाली टेबलटेनिसको इतिहास नविता श्रेष्‍ठको नामबिना अपुरो हुन्छ। एक दशकदेखि उनकै राज छ टेबलटेनिसमा। यो राज केही वर्ष अझै रहने देखिन्छ। किनकि नेपाली महिला टेबलटेनिसमा उनको हाराहारी आउने अरू कोही देखिएका छैनन्। 

एक दशकभन्दा लामो समय टेबलटेनिसमा आफ्नो दबदबा कायम राख्‍न सफल नविता शुरूका दिनमा भने तेक्‍वान्दोकी खेलाडी थिइन्। काठमाडौंको डल्लुमा हुर्किएकी नविताले विजेश्‍वरी उच्च माविमा पढ्दा नै तेक्‍वान्दो र टेबलटेनिस दुवै सिकेकी थिइन्। तर तेक्‍वान्दोभन्दा बढी उनलाई टेबलटेनिसकै टिकटक आवाजले तान्यो। आठ कक्षापछि त उनले तेक्‍वान्दो चटक्कै छोडिन् र टेबलटेनिसमै लागिन्। 

प्रकाशित मिति: : 2020-04-30 08:02:23

प्रतिकृया दिनुहोस्