लकडाउनले घट्यो काठमाडौंको वायु प्रदूषण, सधैँ यस्तो कसरी बनाउने ? (भिडिओसहित)

देखापढी

काठमाडौँ

  अनिता भेट्‌वाल

लकडाउनका कारण जनजीवनका धेरै पक्ष ठप्प छन्। उद्योग, कलकारखाना बन्द छन्। अत्यावश्यक बाहेकका सवारी साधन ठप्प छन्। आधा विश्व ठप्प छ।

यसले सिंगो अर्थतन्त्रको चक्र नै डामाडोल पारेको छ। मानिसको जीवन अप्ठ्यारोमा परेको यो बेलामा वातावरण भने सुधारिएको छ। मानवीय गतिविधी ठप्प हुँदा वायुको गुणस्तर बढेको छ।

हरेक वर्ष यही समयमा प्रदूषण मापन गर्दा सँधैं रेड जोनमा रहने काठमाडौँ लगायतका विभिन्न जिल्ला अहिले भने ग्रीन जोनमा परेको वातावरण विभागका उपसचिव ढोल राज लुँईटेल वताउँछन्।

भन्छन, “अहिले हावाको गुणस्तर राम्रो भएको छ। आगलागी हुने यो मौसममा निरन्तर पानी परिरहेको छ। यसले क्षति रोक्न र वायुलाई शुद्ध राख्न मद्दत गरेको छ।”

प्रकाशित मिति: : 2020-05-05 08:24:46

प्रतिकृया दिनुहोस्