जुक्ति लगाए घरमै खेल्न सक्छन् बालबालिका

देखापढी

काठमाडौँ

 कृष्णसिंह धामी

केटाकेटी उमेर नै जिज्ञासु, चञ्चले। सोधिरहनुपर्ने, जानिरहनुपर्ने, सिकिरहनुपर्ने, खेलिरहनुपर्ने। हुर्कने, बढ्ने उमेर हो नि। बौद्धिक र शारीरिक दुवै हिसाबले निकै सक्रिय हुन्छन् बालबालिका।

तर, लकडाउनका कारण यो सक्रिय उमेरमा उनीहरू घरका चार पर्खालभित्र सिमित हुनुपरेको छ। सारा खेलकूद बन्द भएका छन्। यो बेलामा नखेले कहिले खेल्ने ? तर कहाँ ? कसरी ?

युनिसेफकी म्यान्डि रिचले बालबालिकालाई घरभित्रै के–कस्ता खेल खेलाउन सकिन्छ भनेर एउटा सामग्री तयार पारेकी छन्।

त्यो सामग्रीलाई युनिसेफ नेपालले नेपालीमा अनुवाद गरेर प्रकाशन गरेको छ। विभिन्न उमेर समूहका लागि उक्त सामग्रीमा सुझाइएका खेल यस्ता छन्ः

९ महिनासम्मका शिशुहरूका लागि

देखियो-देखियो- देखिएन !

यो खेल खेलाउनको लागि तपाईंलाई आफ्नो हात र मधुर बोलीको प्रयोग गरे पुग्छ। आफ्नो शिशुलाई लिएर कुनै एक स्थानमा बस्नुहोस्। आफ्नो हात वा सफा कपडाको टुक्राले आफ्नो अनुहार छोप्नुहोस्, त्यसपछि लगत्तै अनुहारबाट हात वा कपडा हटाउँदै “देखियो-देखियो-देखिएन !” भन्नुहोस्।

प्रकाशित मिति: : 2020-05-06 08:23:10

प्रतिकृया दिनुहोस्