प्रधानमन्त्री ओली ‘थाकेपछि’ स्थायी कमिटी बैठक रोकियो

स्थायी कमिटीका नेता भन्छन्- अब सचिवालय विघटन गरौं

अनलाइनखबर

काठमाडौं

पार्टी कार्यालय धुम्बाराहीमा विहीबार बिहान ११ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक बुधबार साँझ अकस्मात स्थगित भएको छ ।

तयारी नपुगेका कारण बैठक सरेको र अर्को मिति पछि तय हुने महासचिव विष्णु पौडेलले अनलाइनखबरलाई जानकारी दिए । ‘भोलि बस्ने स्थायी कमिटी बैठक सरेको छ’ पौडेलले भने, ‘अर्को बैठकको मिति तय भएको छैन, पछि तय हुन्छ ।’

कार्यकारी अध्यक्ष प्रचण्ड र आफूले प्रस्ताव तयार पार्न नभ्याएको र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाकेका कारण स्थायी कमिटीको बैठक सार्नुपरेको महासचिव पौडेलको भनाइ छ । ‘अध्यक्ष प्रचण्ड र मलाई सचिवालयले प्रस्ताव तयार गर्ने जिम्मेवारी दिएको थियो, महासचिव पौडेलले भने, ‘हामीले प्रस्तावै तयार गर्न भ्याएनौं । अब प्रस्ताव पनि तयार गर्ने र सचिवालयमा प्रस्तुत गर्ने भन्ने भएको छ ।

बिहीबार ११ बजे धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्थायी कमिटीको बैठक बस्ने एसएमएस सबै स्थायी कमिटी सदस्यहरुको मोबाइलमा झरेको थियो ।

 

प्रकाशित मिति: : 2020-05-07 09:13:11

प्रतिकृया दिनुहोस्