गर्मीसँगै बढ्दैछन् विभिन्न रोगका जोखिम

देखापढी

काठमाडौँ

सुनीता साखकर्मी

केही दिनअघि सुदूरपश्चिमको एक क्वारेन्टाइनमा राखिएका १५ जनामा औलो (मलेरिया) देखियो। १३ वैशाखमा आयोजित स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टाइनमा रहेका व्यक्तिमा औलोको परीक्षण गर्दा पोजिटिभ देखिएको बताएका थिए। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार गर्मी मौसममा लामखुट्टेको टोकाइबाट औलो रोग सर्छ। त्यसकारण क्वारेन्टाइनहरूमा सरसफाइका साथै झुलको समेत व्यवस्था हुनुपर्नेमा उनले जोड दिए।

नेपालले सन् २०२५ सम्म औलो उन्मुलन गर्ने लक्ष्य लिएको छ। तरपनि हरेक वर्ष गर्मीको मौसममा औलो संक्रमितहरू भेटिने गरेका छन्। 

औलो सँगसँगै गर्मी मौसममा अन्य थुप्रै खतरनाक रोगको जोखिम पनि बढेको डा. पाण्डे बताउँछन्। गर्मी मौसममा लाग्ने यी कतिपय खतरनाक रोगको भ्याक्सिन समेत नभएको उनी बताउँछन्। डा. पाण्डेले बताएका रोग यस्ता छन्ः

 

प्रकाशित मिति: : 2020-05-11 20:29:22

प्रतिकृया दिनुहोस्