यसरी बनेको थियो कालापानीको गीत

देखापढी

काठमाडौँ

 सुनीता साखकर्मी

पचासको दशकतिर नेपाली संगीत क्षेत्रमा रक गीत चर्चामा थियो। संगीत क्षेत्रमा आफूलाई स्थापित गर्न प्रयत्न गरिरहेका विधान श्रेष्ठ पनि रक गीत नै गाउन चाहन्थे। तर, उनका पिता विजय श्रेष्ठले उनलाई एउटा राष्ट्रिय गीत गाउन प्रस्ताव गरे। शुरूमा त विधानले मानेनन्।

“पहिले देशभक्तिपूर्ण गीत बुढापाकाले मात्रै गाउँछन् भन्ने थियो,” विधान सम्झिन्छन्, “रक गीत गाउने समयमा राष्ट्रिय गीत गाउन मानेको थिइनँ म। बुवाले कर गरेपछि गीत गाउन तयार भएँ।”

बुवाको प्रस्ताव स्वीकार्दै उनले २०५५ सालमा ‘ज्ञानबहादुर छोरो’ गीत गाए। एकै खालका राष्ट्रिय गीत बनिरहेका बेला यो गीतले नेपाली श्रोतालाई नयाँ स्वाद पस्कियो। विधानका अनुसार उनी पछिका थुप्रै युवा गायकले राष्ट्रिय गीत गाउन थाले।

यसरी राष्ट्रिय गीतको क्षेत्रमा प्रवेश गरेका विधानले अर्को गीत गाए जसले उनलाई अजम्मरी बनाइदियो।

प्रकाशित मिति: : 2020-05-12 07:54:43

प्रतिकृया दिनुहोस्