लकडाउनमा बढ्दै पेटका रोगी, यस्ता छन् जोगिने उपाय (भिडिओसहित)

देखापढी

काठमाडौँ

 विनय कुमार

जताततै अहिले कोरोना संक्रमणको सन्त्रास छ। यही सन्त्राससँगै लकडाउनका कारण मानिसहरू घरमै बस्न बाध्य छन्। दैनिक ज्यालादारीमा आश्रितहरूका लागि जीवन कठिन बनिरहेको छ।

तर, केही बचत हुने मध्यमवर्गका लागि समय त्यति कठिन बनिरहेको छैन। घरमै बस्ने, सक्दो मिठो खाने र परिवारसँग रमाइलो गर्ने गरेरै बितिरहेको छ उनीहरूको दिनचर्या। यस्तो दिनचर्याले पेटका रोगी पनि बढिरहेको चिकित्सकहरू बताउँछन्।

काठमाडौंको कलंकीस्थित ‘नेपाल नेशनल हस्पिटल’का फिजिसियन तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा. प्रकाश पौडेलले लकडाउनमा मात्रै अहिलेसम्म ६० जना पेटका बिरामीले परामर्श लिएको बताए।

“लकडाउन अवधिभर मात्र पेटमा जटिल समस्या भएका बिरामीको अप्रेसन र जाँच त ३० भन्दा बढी म आफैले गरेको छु, जटिल खालका बिरामी अस्पताल आएका छन्”, पौडेलले भने।

जटिल खालको समस्या नभएका बिरामीले भने अस्पतालले व्यवस्था गरेको हटलाईन नम्बरमा सम्पर्क गर्छन्। अहिले दैनिक ६÷७ जना त्यस्ता बिरामीले सम्पर्क गरेर सल्लाह लिइरहेको डा. पौडेल बताउँछन्।
 

प्रकाशित मिति: : 2020-05-18 12:07:09

प्रतिकृया दिनुहोस्