नेपालमा सोमबार मात्रै ६२ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या ३५७ पुग्याे

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा सोमबार दिउँसोसम्म कोरोना भाइरसको संक्रमित संख्या ३५७ पुगेको छ। पछिल्लो पटक सोमबार एकै दिन ६२ जना व्यक्तिमा कोरोना संक्रमण भएसँगै कुल संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोल जानकारी दिएका छन् ।

आज संक्रमितमध्ये सबैभन्दा बढी बाँकेका छन्। बाँकेमा ४६ जना पुरूष र १ जना महिला गरी कुल ४७ जनामा संक्रमण भेटिएको छ।

सोमबार बिहान अद्यावधिक गरिएको तथ्याङ्कका अनुसार सङ्रक्रमित मध्य आठ जना रौतहटका हुन्। ती मध्य सात जना पुरुष र एक जना महिला छन्।

नयाँ थपिएका संक्रमितमा रौटहटको इसनाथ नगरपालिका २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २३, २९ र ३० वर्षीय पुरुष छन्।

त्यस्तै रौतहटकै माधवनारायण नगरपालिका ३ का २८ वर्षीया महिला र बाराको कैलैया उपमहानगरपालिका ५ निवासी ३८ वर्षीया महिलालाई पनि संक्रमण पुष्टि भएको सोमबार बिहान ८ : ४५ बजे डा.अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

यसबाहेक मोरङ, गुल्मी, धनुषा, रौतहट, धादिङ र दाङसहितका जिल्लामा ६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये २९८ पुरुष र ५९ जना महिला संक्रमित भएका छन्। यसअघि दुई जना संक्रमितको मृत्यु भइसकेको छ ।

बाँकेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जना,  मोरङको प्रादेशिक प्रयोगशालामा गरेको परीक्षणमा मोरङको रतुवामाई नगरपालिका-१, सोनापुरका २५ वर्षिय युवामा कोरोना देखिएको हो।

यस्तै भैरहवाको प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मीका ४१ वर्षिय पुरूषमा कोना संक्रमण देखिएको छ।

यस्तै धुलिखेलको प्रयोगशामा गरेको परिक्षणमा धनुषा, धादिङ, दाङ र रौतहटका युवामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिललेसम्म  ३० हजार ७२३ पीसीआर र ६९ हजार ५६० आरडीटी विधिबाट परीक्षण गरिएको छ।

बितेको २४ घण्टामा २ हजार ५५८ पीसीआर र १ हजार ७९१ आरडीटी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालका ७७ मध्ये ३१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

तराईका सुनसरीबाहेक सबै जिल्लामा कोरोनाभाइरसका संक्रमण देखिएको छ। पहाडमा धनकुटा, भोजपुर, उदयपुर, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, बाग्लुङ र गुल्मीमा कोरोनाभाइरसका संक्रमित भेटिएका छन्।

कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने  ३६ जना निको भएका छन्।

कुन जिल्लामा कति संक्रमित

जिल्ला                     

संक्रमित   

मृत्यु

निको

उपचाररत

पर्सा

९१

८८

बाँके

८१

८०

कपिलवस्तु

४२

४२

उदयपुर

३३

 

१५

१८

रुपन्देही

२८

२७

रौतहट

२२

२१

काठमाडौं

धनुषा

बारा

कैलाली

दाङ

चितवन

महोत्तरी

सर्लाही

मोरङ

बागलुङ

बर्दिया

भक्तपुर

झापा

धादिङ

भोजपुर

धनकुटा

कञ्चनपुर

काभ्रेपलाञ्चोक

मकवानपुर

नवलपरासी पूर्व

नवलपरासी पश्चिम

सप्तरी

सिन्धुपाल्चोक

 

सिराहा

गुल्मी

0

0

जम्मा

३५७

३६

३२१

 

 

प्रकाशित मिति: : 2020-05-18 16:38:14

प्रतिकृया दिनुहोस्