एसईई परीक्षा : खारेज गरे कसो होला ?

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

 लकडाउन लम्बिँदै जाँदा माध्यमिक तहको परीक्षा एसईई अन्योलमा परेको छ। कोभिड-१९ को महामारीको त्रास नेपालमा पनि फैलिएपछि ५ चैतमा सरकारले अनिश्‍चितकालका लागि एसईई परीक्षा स्थगित गरेको थियो। ११ चैतदेखि सरकारले लकडाउन जारी गरेपछि परीक्षा झनै अनिश्‍चित भयो।

परीक्षा अनिश्‍चित बन्दै जाँदा तयारीमा रहेका देशभरका ४ लाख ८२ हजार ७०० विद्यार्थी अन्योलमा परेका छन्। एकातिर परीक्षा कहिले हुने चिन्तामा छन् भने अर्कोतिर भइहाले पनि पहिलाजस्तो तयारी गर्ने समय नपाइने हो कि भनेर पिरोलिएका छन्।

यसरी परीक्षा अनिश्‍चित बन्दै जाँदा एसईई नै खारेज गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। हुन त, एसईई खारेजीको माग यसअघि पनि नउठेको होइन। यसपटक भने लामो समयसम्म परीक्षा अनश्‍चित हुँदा एसईईको औचित्यमाथि गम्भीर प्रश्‍न उठेको छ।

प्रकाशित मिति: : 2020-05-21 11:35:54

प्रतिकृया दिनुहोस्