‘नेपालले नयाँ नक्सा जारी गरेपछि भारत वार्तामा नबसी सुखै छैन’

थाहा खबर

काठमाडौँ

सरकारले हिजो मात्रै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्‍यो। त्यसको देशभित्र स्वागत र भारतमा विरोध भइरहेको छ। सीमाको विषयमा पटकपटक प्रतिनिधिसभाको बैठकमा आवाज उठाउँदै आएका लिम्पियाधुरा, लिपुलेक र कालापानी रहेको दार्चुला जिल्लाका सांसद दिलेन्द्र प्रसाद बडूसँग यसै विषयमा थाहाखबरकर्मी सन्तोष अधिकारीले गरेको कुराकानीको सम्पादित अंश : 
 

सीमा विवाद अर्कै चरणमा प्रवेश गरेको छ। भारतले केही महिनाअघि र नेपालले हिजो मात्रै लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर आफ्नो देशको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्‍यो। नेपालले जारी गरेको नक्सा भारतले स्वीकार नगर्ने बताइसकेको छ। यस अवस्थामा नेपाल सरकारले लिएको अडानलाई कत्तिको परिपक्क मान्नुहुन्छ ? 

हामीले मुखले जवाफ दिनु, वाकयुद्ध गर्नुभन्दा पनि छलफलका लागि आह्वान गरेर छलफलमा उसलाई कन्भिन्स गर्दा राम्रो हुन्छ। यो विवादको समाधान वार्ताको टेबुलबाट गर्दा दुवै देशको हित हुन्छ। उतातिर राजनीतिक दल, मिडिया र यता पनि राजनीतिक दल, मिडियामार्फत वार्ताको वातावरण बनाउने भूमिका खेल्ने गर्नुपर्छ। ढुंगाको जवाफ इट्टाले दिनुपर्छ भनेजस्तो सवाल जवाफमा उत्रिने हैन। यसले समस्या उत्पन्न हुनसक्छ। आवश्यकता आज डिप्लोमेसीको छ। हाम्रो सरकार वास्तवमा तयार थिएन नक्सा जारी गर्न। प्रधानमन्त्रीले नै नक्साको के कुरा भूमि फिर्ता ल्याइन्छ भनेर भन्नु भएको थियो। हामीले नक्सा जारी गर्न दबाब दियौँ र त आज भारतलाई अब वार्तामा नबसी सुख नहुने अवस्थामा ल्यायौँ। 
 

प्रकाशित मिति: : 2020-05-21 17:36:25

प्रतिकृया दिनुहोस्