चीनको सैनिक बजेटमा ६.६ प्रतिशत वृद्धि

चीनको सैनिक बजेटमा ६.६ प्रतिशत वृद्धि

चीनले सन् २०२० मा सैन्य बजेटमा ६.६ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय पिपुल्स कङ्ग्रेसमा प्रस्तुत यो बजेट वृद्धिदर विगतको तुलनामा केही कम हो ।

संयुक्तराज्य अमेरिकापछि दोस्रो बढी सैन्य बजेट रहेको चीनले यस वर्षका लागि १ खर्ब ७८ अर्ब अमेरिकी डलर बजेट व्यवस्था गरेको छ ।

चीनले केही वर्षदेखि सैन्य खर्चमा कटौती गर्दै आएको छ ।

गत वर्ष चीनको सैन्य बजेटमा ७.५ प्रतिशत वृद्धि गरिएको थियो ।

प्रकाशित मिति: May 22, 2020 13:20:51

प्रतिक्रिया दिनुहोस