लकडाउनको अर्को पाटो : ह्वात्तै घटे सरुवा रोगका विरामी

देखापढी

काठमाडौँ

विनय कुमार

समय सहज छैन। विश्वव्यापी महामारी कोभिड-१९ को असर नेपालमा पनि बढिरहेछ। कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। यो महामारीसँग जुध्न लागू गरिएको लकडाउनका कारण आम मानिस घर–घरमै बस्न बाध्य भएका छन्।

लकडाउनले दैनिक जनजीवन अस्तव्यस्त त बनाएको छ नै, कतिपयको रोजिरोटी समेत खोसेको छ। यसको एउटा सकारात्मक पाटो पनि छ।

चिकित्सकहरूका अनुसार लकडाउन अवधिमा सरुवा रोगका बिरामीको दर निकै घटेको छ।

“गत वर्ष यो महीनातिर भाइरल फ्लुका बिरामीहरूको बिगबिगी हुन्थ्यो। तर अहिले भने बिरामी नै भेटिदैनन्”, वरिष्ठ छातिरोग विशेषज्ञ डा. प्रकाश पौडेलले देखापढीसँग भने, “घरबाट बाहिर ननिस्किँदा वातावरणसँग सम्पर्क कम भएको छ, घरमै पकाएको स्वस्थ खाना र पानी प्रयोग गरिएको छ, यसले पनि सरुवा रोग घटेको हो।”

प्रकाशित मिति: : 2020-05-24 07:56:12

प्रतिकृया दिनुहोस्