हल सिटीका दुईजनामा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्ल्याण्डको क्लब हल सिटीले आफ्नो क्लबका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ। संक्रमण पुष्टि भएका खेलाडी वा पदाधिकारी हुन् भन्ने चाहिँ खुलाइएको छैन।

इंग्लिस फुटबलको दोस्रो लिगका २४ क्लबमा एक हजार भन्दा बढी मानिसमा गरिएको परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको इंग्लिस प्रिमियर लिगले जनाएको थियो।

हल सिटीले संक्रमित दुवैजनामा कुनै लक्षण नरहेको र स्वास्थ्य सामान्य रहेको उल्लेख गरेको छ। संक्रमित दुवैलाई सात दिन आइसोलेशनमा राखिएको जनाइएको छ। उनीहरुको फेरि पनि परीक्षण हुनेछ।

 च्यापिम्यनसिप क्लबहरु सोमबारदेखि प्रशिक्षणमा फर्किँदै छन्।

प्रकाशित मिति: : 2020-05-25 06:20:56

प्रतिकृया दिनुहोस्