जो मैदानमा छैनन्, जो मैदानमा छन्

देखापढी

काठमाडौँ

सुजन श्रेष्ठ

कोभिड-१९ को महामारी हुँदैनथ्यो भने भरत खवास फुटबलको मैदानमा हुने थिए। नेपाली फुटबल टीमका फरवार्ड उनी अघिल्लो पंक्तिमा रहेर भिडिरहेका हुने थिए।

महामारीका कारण सबै प्रतियोगिताहरू स्थगित भएपछि उनी मैदानमा छैनन्। होइन, उनी मैदानमा छन्। तर यसपाली मैदान फरक छ। खवास कोभिड-१९ महामारीविरुद्धको मैदानमा छन्। त्यो पनि अग्रपंक्तिमै। सुरक्षाकर्मीका रूपमा।

महामारीका कारण ४ चैतबाट अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्पुर्ण फुटबल गतिविधि स्थगित गर्ने निर्णय गरेको थियो। एन्फाको घोषणासँगै मोफसलका प्रतियोगिता तथा राष्ट्रिय टीमको तयारीमा रहेका फुटबल खेलाडी एकाएक फुर्सदिला बने।

फुटबल मात्र होइन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कुनै पनि खेलकुद गतिविधि गर्नमा रोक लगाएपछि खेलाडीहरू अहिले फुर्सदमै छन्। तर विभागीय टीमका कतिपय खेलाडी भने खेल मैदानबाहिरको लडाईमा होमिएका छन्।

त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) तथा नेपाल पुलिस क्लबका कतिपय खेलाडी अहिले सुरक्षाकर्मीको ड्युटीमा खटिएका छन्। तीमध्ये एक हुन् भरत खवास।

प्रकाशित मिति: : 2020-05-25 08:07:32

प्रतिकृया दिनुहोस्