महामारीले ल्याएको आर्थिक असमानता घटाउने अभूतपूर्व अवसर

देखापढी

काठमाडौँ

उद्धव थापा

दक्षिण एशियाली गरिबी निवारण मञ्च र अक्स्फामले २०७५ पुसमा प्रकाशन गरेको ‘समृद्धिका लागि समानता अध्ययन प्रतिवेदन’को निश्कर्ष थियो– ४० प्रतिशत गरीब नेपालीभन्दा १० प्रतिशत धनीसँग २६ गुणा बढी सम्पति छ। अर्थात् १०० मध्ये ४० जना नेपालीसँग जति सम्पत्ति छ त्यो सँग भन्दा २६ गुणा बढी सम्पत्ति केवल १० जनासँग छ।

यो आँकडाले नेपाली समाजमा आर्थिक असमानताको खाडल कति फराकिलो छ भन्ने देखाउँछ। २०७५ सालमै केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘श्रमशक्ति सर्वेक्षण प्रतिवेदन’ ले भने न्यून आयको अवस्था देखाएको थियो। प्रतिवेदनका अनुसार नेपालका ७१ लाख मानिस कुनै न कुनै रोजगारीमा छन् । तर उनीहरुको आय सन्तोषजनक छैन ।

देशभरका रोजगार १०० जनामध्ये ४४ जनाले मासिक रुपमा १५ हजार वा त्यो भन्दा थोरै कमाउँछन्।

अझ, विश्व बैंकले सन् २०१८ मा प्रकाशन गरेको तथ्यांक अनुसार त नेपालीहरुले प्रतिमहिना औसतमा करीब १० हजार रूपैयाँ मात्र कमाउँछन्।

प्रकाशित मिति: : 2020-05-25 16:24:50

प्रतिकृया दिनुहोस्