क्वारेन्टाइन बनाउन पैसा छैन, ‘भ्यू टावर’मा अढाइ अर्ब

देखापढी

काठमाडौँ

बीपी अनमाेल

४ जेठ २०७७ बिहान बाँकेको भारतीय सीमावर्ती गाउँपालिका, नरैनापुरमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भयो। उनी ६ दिन पहिले मात्रै भारतबाट आएका थिए। अघिल्लो साँझदेखि उनलाई पखाला लाग्न थालेको थियो। त्यस रात लगातारको बान्ताले नाजुक भएका थिए, उनी।

एम्बुलेन्स नभएकाले राति नै उनलाई अस्पताल लैजान सकिएन। बिहान एम्बुलेन्स आइपुग्दासम्म निकै ढिलो भइसकेको थियो। मृत्युपछि मात्रै कोभिड–१९ बाटै उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्‍यो। 

क्वारेन्टाइनमा सामान्य उपचार गर्ने स्वास्थ्यकर्मी समेत नहुनु, बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स उपलब्ध नहुनुको नतिजा थियो– झाडापखाला शुरू भएको केही घण्टामै उनको ज्यान जानु। सम्भावित कोरोना संक्रमितलाई राखिने क्वारेन्टाइनको हालत यस्तो किन भयो ?

प्रकाशित मिति: : 2020-05-26 20:06:04

प्रतिकृया दिनुहोस्