रूकुम घटनाः सोतीमा हराइरहेका थप अर्का युवाको शव भेटियो

राजु लामिछाने

रूकुम पश्चिम

पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा गत शनिबार बेलुका भएको घटनामा बेपत्ता भएका ६ जना मध्ये थप एक जनाको शव भेरीको किनारमा फेला परेको छ।

भेरी नगरपालिका ११ का १८ वर्षिय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको हो। उनको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको आफन्तजनले बताएका छन्। यस सँगै उक्त घटनामा संलग्न ४ जनाको शव भेरि नदिमै फेला परेको हो ।

भेरी नगरपालिका ४ का नवराज बिकको शव शनिबार राति नै भेरी नदि किनारमा भेटिएको थियो। आईतबार उनीसँगै गएका चौरजहारी नगरपालिका वडा नं. १ का २० बर्षिय टिकाराम बि.क.को शव घटनास्थलबाट करिब २५ किलोमिटर तल जाजरकोटको भेरि नगरपालिका वडा नं. १२ स्थित खोदा खोला नजिक भेटिएको थियो।

सोमबार भेरि नगरपालिका वडा नं. ४ का २१ बर्षिय गणेश बुढाको पनि शव भेटिएको थियो। उनको शव पनि टिकारामको शव भेटिएको स्थान नजिकै भेटिएको हो ।

उनको शव भेटिएपछि अब बेपत्ता हुनेको संख्या २ रहेको छ। भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन्।

बेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ। प्रहरीले गोताखोर टिम पनि घटनास्थल नजिकबाट बेपत्ताको खोजी कार्यमा संलन रहेको बताईएको छ ।

भेरी नगरपालिका ४ का नवराज बिकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोती गएको बेला घटना भएको थियो। १७ वर्षिय मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेहरुले आक्रमण गरेर उनीहरुको मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन् भने त्यसरी आक्रमण नगरेको नगरेको स्थानीयले बताएका छन्।

गाउँमा हुल बाधेर खराब नियतका साथ आएकाहरुलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरुले बताएका छन् ।

याे पनि सोती घटना: भेरी नदीमा हराइरहेका युवकहरुकाे खाेजि गर्न गाेताखाेर टाेली परिचालन

प्रकाशित मिति: : 2020-05-27 16:13:07

प्रतिकृया दिनुहोस्