आउला त महामारीले धक्का दिएको नेपाली आत्मविश्वास फर्काउने बजेट ?

देखापढी

काठमाडौँ

 उद्धव थापा

भोलि, १५ जेठमा सरकारले आउँदो वर्षको बजेट संघीय संसद्मा पेस गर्दैछ। अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका तर्फबाट संसद्‌मा बजेट प्रस्तुत गर्नेछन्।

अर्थमन्त्री डा. खतिवडाले गत वर्षको बजेट भाषणमार्फत् चालु आर्थिक वर्षको बजेट १५ जेठ २०७६ मा संसद्‌मा प्रस्तुत गरेपछि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको प्रतिक्रिया थियो, “बजेटले लगानी गर्ने आत्मविश्वास बढाएको छ।”

स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने र वैदेशिक लगानीको लागि पहल गर्नेगरी बजेटमा आकर्षक कार्यक्रम राखिएका थिए। सोहीकारण उद्योगी, व्यवसायी एवं लगानीकर्तामा एक खालको आत्मविश्वास देखापरेको थियो।

तर, यसपालि आर्थिक वर्ष सकिनुभन्दा चार महीना पहिलेदेखि नै लगानीकर्ताको आत्मविश्वास खस्कियो। निम्न मध्यमवर्गका मानिस त दैनिकी टार्नै धौधौ हुने अवस्थामा पुगे।

प्रकाशित मिति: : 2020-05-27 18:13:08

प्रतिकृया दिनुहोस्