अमेरिकामा बेरोजगारीदर ८० वर्षको रेकर्ड स्तरमा

बिएल संवाददाता

न्युयाेर्क

विश्वमा कोरोना भाइरस महामारीको मृत्युको संख्या ३ करोड ५२ लाख पुगेको छ भने अमेरिका यसको इपिसेन्टर बन्न पुगेको छ। अमेरिकामा अहिलेसम्म १ लाख ७ सय जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन्।

यसैबीच, कोरोना संकटको कारण करिब ३ करोड ८० लाख भन्दा बढीले बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन्। योसँगै अमेरिकामा बेरोजगारीदर ८० वर्षको रेकर्ड स्तरमा पुगेको छ।

अमेरिकामा बेरोजगारी दर १४.७ प्रतिशतसम्म पुगेको छ। अमेरिकी श्रम मन्त्रालयले बजारस्थितिको सामना गर्न र खरीद बढाउन बेरोजगारहरुको खातामा प्रत्यक्षरुपमा भत्ता हाल्दिने गरेको छ।

यता सरकारले कम्पनीबाट फोन गरे पनि काममा नआउने कर्मचारीहरूको लिस्ट समेत माग गरेको छ। किनकि भत्ताको उद्देश्य कामको नोक्सानको क्षतिपूर्ति दिने हाे र यसमा निर्भर नहुनु हो।

विश्व स्वास्थ्य संगठनका निर्देशक केरिसा ईटिनका अनुसार अमेरिका नयाँ इपिसेन्टर बन्ने छ। वर्तमान समयमा अमेरिकामा लकडाउन खुकुलो गरेको छ। तर विशेष गरी ब्राजिल र ल्याटिन अमेरिकी देशहरूमा कोरोनाबाट मृत्यु हुनेको संख्या निरन्तर बृद्धि भइरहेको छ। 

धेरै देशहरू भत्ता दिन बाध्य भए

धेरै देशहरू बेरोजगार र अस्थायी कामदारहरूलाई कामको अभावका कारण भत्ता दिन बाध्य भएका छन्। कोरोना भाइरसको कारण विश्वव्यापी मन्दी लागेको छ। यसमध्ये फ्रान्सले ८४ प्रतिशत कामदारलाई तलब भत्ता  दिएको छ। स्पेनले सबै कर्मचारीहरूलाई पूर्ण तलब र अस्थायी कामदारहरूलाई भत्ता दिन आदेश दिएको छ।

बेलायतले सरकारी कोषबाट ८० प्रतिशत कामदारहरूलाई बेराेजगार भत्ता भुक्तानी गर्न अनुमोदन गरेको छ। जबकि क्यानडा, ग्रीस, जापान र नर्वेका सरकारहरूले पनि बेरोजगार र कर्मचारीहरूलाई भत्ता दिन थालेका छन्।

फ्रान्सले दियाे इलेक्ट्रोनिक गाडी खरीदमा १३ हजार डलर छुट

फ्रान्सेली सरकार आफ्नाे देशलाई इलेक्ट्रिक गाडी उत्पादन गर्ने नम्बर १ देशकाे रुपमा स्थापित गर्न चाहन्छ। 

यसको लागि फ्रान्स सरकारले इलेक्ट्रोनिक सवारी खरीद गर्न चाहने उपभोक्ताहरूले १३ हजार डलरसम्म छुट लिन सक्ने घोषणा गरेको छ।

यो रकम अनुदान योजना अन्तर्गत उपलब्ध हुनेछ। लकडाउनका कारण देशको कार उद्योगलाई भारी नोक्सानबाट बचाउन कम्पनीहरूलाई ८.८ अर्ब डलर दिने घोषणा पनि गरेको छ।

राष्ट्रपति इमानुएल म्याक्रोनले भने, ‘हाम्रो देश ठूलो कार कम्पनीहरु बिना पूर्ण हुन सक्दैन। हाम्रो उद्देश्य २०२५ सम्ममा १ लाख इलेक्ट्रेनिक कारहरू बनाउनु हो।’
 

प्रकाशित मिति: : 2020-05-28 10:03:25

प्रतिकृया दिनुहोस्