यो बेला कुन पुस्तक पढ्ने र कुन फिल्म हेर्ने? यस्ता छन् बिल गेट्सका सिफारिस

देखापढी

काठमाडौँ

बिल गेट्स

कोभिड-१९ ले आक्रान्त छ संसार। संसारका धेरैजसो मानिस अहिले घरभित्रै बस्‍न बाध्य छन् । घरभित्रै बस्दा समय बिताउन कसैले किताब पढिरहेका छन् त कसैले फिल्म हेरेका छन् । आफूलाई राम्रो लागेको किताब र फिल्म सिफारिस गर्ने गरेका छन् । त्यो सिलसिलामा जोडिएका छन्, संसारकै धनी मध्येका एक बिल गेट्स पनि । यस्तो छ उनको पुस्तक र फिल्म सिफारिसः

हिजोआज मेरा अधिकांश कुराकानी र बैठक कोभिड-१९ मा केन्द्रित हुन्छन् । कसरी यो विपत्तीसँग जुध्‍न सकिन्छ भनेर छलफल हुने गर्छ । कहिलेकाहीँ मानिसहरू के पढ्दै वा कुन फिल्म हेर्दै हुनुहुन्छ भनेर सोध्छन्, त्यतिबेला मलाई खुशी लाग्छ । 

राम्रा पुस्तक र टिभी शोबारे कुरा गर्दा मलाई खुशी मिल्छ । अरूले के पढिरहेका छन्, गरिरहेका छन् भन्‍ने जान्‍न पाउँदा रमाइलो लाग्छ । आफूले पढेका राम्रा पुस्तक अरूलाई सिफारिस गर्न पाउँदा रमाइलो लाग्छ । त्यसैले मैले यो समयका लागि केही पुस्तक र फिल्म सिफारिस गरेको छु । आशा छ, यीमध्ये कुनै तपाईंलाई पनि मन पर्नेछ।

प्रकाशित मिति: : 2020-05-30 08:23:47

प्रतिकृया दिनुहोस्