अब बाँच्न पनि जात चाहिने हो ?

कैलाशमान साशंकर

हालै रुकुममा भएको एउटा घटनाले युवा र युवतीबीच फुलेको प्रेम—सम्बन्ध दाम्पत्य जीवनमा रुपान्तरण हुने दौरानमा चमत्कारिक ढंगले सदाका लागि विसर्जित भएको छ। 

कथित बडाजातीय अहंकारभित्र आपराधिक मानसिकता पालेका केही जात समूहको सांघातिक हमलाबाट प्रेमी युवा र उनीसँगै दुलही ल्याउन जाने आधा दर्जन जाजरकोटका युवाहरुको हत्या भएको छ। ती युवाले साँचेको सुमधुर दाम्पत्य जीवनको स्वाभाविक रहर अप्रत्याशित प्राण दानरुपी मृत्युमा बदलिएको छ।

घटनाको जड हाम्रो असभ्य समाजको ठूलो जातीय भ्रामक अहंकार हो।  जातीय अहंकारको उन्मादमा जातीय भेदभावबाट मानव हत्या गर्दा भोग्नुपर्ने कानूनी कारवाहीको समेत प्रवाह भएन। स्थानीय जनप्रतिधिले ऐन/कानून र संविधानमात्रै होइन, मानवीय धर्मलाई समेत भुलेर ति अवोध युवाहरुलाई हत्या गर्न थप उत्प्रेरणा गरेको देखिएको छ। 

प्रकाशित मिति: : 2020-05-31 08:57:48

प्रतिकृया दिनुहोस्