मध्यपुर अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना पुष्टि, ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

निरज बाडे

भक्तपुर

गर्भवती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भक्तपुरस्थित मध्यपुर अस्पताल प्रालिका ३० कर्मचारी क्वारेन्टाइनमा पठाइएको छ।

दोलखा घर भएकी भक्तपुर कमलबिनायकमा बस्ने ति गर्भवतीमा आज गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।  उनलाई गत मंगलबार अस्पताल भर्ना गरिएकाे अस्पतालकी मेडिकल डाइरेक्टर डा‍. रविना प्रधानाङ्गले जानकारी दिइन्। 

उनका अनुसार गर्भवती महिलाको अपरेसन अगाडि पीसीआर टेस्ट गरिएको थियो। जसको रिपोर्ट आज आएको हो।

उनमा कारोना स‌क्रमण पुष्टि भएसँगै अस्पतालका ६ चिकित्सक, १२ नर्स, ११ हेल्पर र १ जना ल्याब स्टाफ क्वारेन्टाइनमा पठाइएको छ। 

कोरोना संक्रमणको सुरूका दिनदेखि निर्मलीकरणमा ध्यान दिएकाले ओपीडी, इमरजेन्सी तथा आइसीयू सेवा सुचारु नै रहने उनले बताइन्। 

यता थिमी नगरपालिका, महानगर प्रहरी वृत, मध्यपुर थिमी तथा सीसीएमसीको टोलीसँग बैठक बसेर कन्ट्रयाक्ट ट्रेसिङ भइसकेको  डाइरेक्टर प्रधानाङ्गले जानकारी दिइन्। 
 

प्रकाशित मिति: : 2020-06-06 22:45:44

प्रतिकृया दिनुहोस्