शतप्रतिशत पीसीआर आवश्यक छैन

देखापढी

काठमाडौँ

डा. सुरेशकुमार तिवारी

पोलिमर्स चेन रियाक्सन अर्थात् पीसीआर परीक्षण शतप्रतिशत गर्नुपर्ने आवाज सदनदेखि सडकसम्म उठिरहेको छ। राजधानीको माइतीघर मण्डलादेखि देशैभरका मुख्य चोकहरुमा जुझारु युवाहरूको समूह शतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने माग गर्दै आन्दोलनमा छ।

पर्याप्त पीसीआर परीक्षण गर्न नसकेको भन्दै सरकारको व्यापक आलोचना पनि हुँदै आएको छ। स्वास्थ्य मन्त्रालयको आजसम्मको तथ्यांक हेर्ने हो भने एक लाख ४९ हजार ७७२ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको देखिन्छ। तर, यतिले मात्र पुग्दैन, शतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्छ भन्ने माग अहिले चर्को रूपमा उठेको छ।

त्यसो भए, के शतप्रतिशत पीसीआर परीक्षण सम्भव छ त ? यो वैज्ञानिक दृष्टिकोणबाट सही छ ? शतप्रतिशत पीसीआर परिक्षण गर्दा पूर्णरूपमा सुरक्षित भइन्छ ? अनि राज्य सबैको परीक्षण गर्न सक्षम छ त ? सबै नागरिकको पीसीआर परिक्षण गर्नुपर्ने मागसँगै यस्ता प्रश्न पनि जोड्तोड्ले उठेका छन्।

राज्यले चाहे सबैको परीक्षण सम्भव छ। तर, अन्दोलित जुझारु युवा तथा आलोचकहरूले शतप्रतिशत परीक्षण गर्नु आवश्यक छैन भन्ने बुझ्न जरुरी छ। केही देशहरूमा शतप्रतिशत परीक्षण गर्ने प्रयास नभएको होइन। कतारमा सबैभन्दा बढी परीक्षण भए। दक्षिण कोरियाले पनि चार प्रतिशत जनसंख्यामा परीक्षण गर्‍यो।

प्रकाशित मिति: : 2020-06-17 20:31:31

प्रतिकृया दिनुहोस्