पोल्याण्डमा स्टेडियममै पुगेर फुटबल खेल हेर्ने पाइने

पोल्याण्डले स्टेडियममै पुगेर फुटबल खेल हेर्ने अनुमति दिएको छ। पाेल्याण्ड सरकनरले याे निर्णय शुक्रबार गरेकाे हाे। 

युरोपका अन्य मुलुकको तुलनामा पोल्याण्डमा  कोरोना भाइरस (कोभिड–१९) को महामारीको असर केही कम नै छ। महामारीपछि यसरी स्टेडियममा नै गएर फुटबल हेर्न अनुमति दिने पोल्याण्ड पहिलो युरोपेली मुलुक हो।

खेल हेर्न स्थानीय मानिस मात्र जान पाउनेछन् र उनीहरुलाई अनलाइनबाट टिकट उपलब्ध गराइनेछ।
 
फुटबल प्रशंसकले सिटसम्म पुग्दा र बाहिर निस्किने समयमा मास्क लगाउनु अनिवार्य हुन्छ। 

केबल २५ प्रतिशत सिटमा मात्र मानिसहरु बस्न पाउनेछन्। प्रत्येक चौथो सिटमा एकजना मानिस बस्न पाउनेछन्। यद्यपि सबै मानिस एकै परिवारका हुन् भने उनीहरु एकसाथ बस्न सक्नेछन्।

साथै स्टेडियममा स्यानिटाइजर पनि उपलब्ध गराइनेछ। 

प्रकाशित मिति: : 2020-06-20 07:17:17

प्रतिकृया दिनुहोस्