अमेरिकाद्वारा अन्तरिक्ष पर्यटनको तयारी, २०२४ सम्म सर्वसाधारण जान सक्ने

अन्तरिक्षमा घुम्ने चाहना कस्को नहोला र ? सपनामै भए पनि हामीमध्ये अधिकांशले अन्तरिक्षमा घुमेको सपना देखेका होलाऔं। तर, त्यो सपना २०२४ मा बिपनामा परिणत हुँदैछ। 

अमेरिकी अन्तरिक्ष वैज्ञानिकले अन्तरिक्ष पर्यटनको विकाश गरेको दावी गरेका छन्। उनीहरूले सन् २०२४ सम्म मानिसलाई घुम्नका लागि अन्तरिक्ष लैजान सकिने बताएका छन्। 

यसका लागि वैज्ञानिकले एउटा ठूलो बेलुन नै तयार पारेका छन्। जसबाट वायुमण्डल घुमघाम गर्न सकिने बताइएको छ। 

स्पेश टुरिजम स्टार्टअपले तयार पारेको यो परियोजनाको नाम ‘स्पेशसीप नेप्च्यून’ दिइएको छ। जसमा ९ पर्यटक एकै पल्ट घुम्न सक्छन्। यात्राको समयावधी ६ घण्टाको हुने र २ घण्टा चढ्न र २ घण्टा उत्रिन लाग्ने जानकारी स्पेश टुरिजम स्टार्टअपले दिएको छ। बाँकीको २ घण्टा बायुमण्डल र अटलान्टिक महासागरको सुन्दर वातावरणबाट परिचित हुन पाउने बताइएको छ। 

‘स्पेशसीप नेप्च्यून’ बेलुनले यात्रुलाई १० हजार फिट माथि पु¥याउने छ। बेलुनमा ठूलो आकारको झ्याल पनि बनाइएको छ, जहाँबाट यात्रीहरूले बाहिरको सुन्दर तस्वीर हेर्न र खिच्न सक्ने छन्। २ घण्टा बायुमण्डलको परिक्रमा गर्ने यो बेलुन अटलान्टिक महासागरको वरिपरि घुम्ने छ। 

‘स्पेशसीप नेप्च्यून’ बेलुनको स्टार्टअपका जेन पोइन्टर र टेबल म्याकलमले मिलेर निर्माण गरेका हुन्। उनीहरूको पहिलेको कम्पनीको नाम वर्ल्ड भ्यू थियो, जसले अन्तरिक्षको तस्वीर सेन्सरको सहयोगले खिच्ने काम गथ्र्यो। सेन्सरलाई बायुमण्डलको यात्रा गर्ने बेलुनमा जडान गर्ने गरिन्थ्यो। ‘स्पेशसीप नेप्च्यून’ बेलुनको परिकल्पना पनि यहीबाट आएको उनीहरूले बताएका छन्। 

स्टार्टअपले प्रकासित गरेको एउटा विज्ञप्तीमा स्पेश फ्लाइटका लागि मानिसलाई तयार गर्ने काम भइरहेको छ। अन्तरिक्षको यात्रा सुरक्षित र आरामदायी हुने पनि विज्ञप्तीमा बताइएको छ। ‘यसमा बस्दा प्लेनमा बसे झैं लाग्छ। यसमा बस्न कुनै खास किसिमको लुगा लगाइरहनु पर्दैन। १० हजार फिट उचाईमा पुग्दा सबैलाई अर्के र रमाइलो अनुभव हुनेछ,’ विज्ञप्तीमा भनिएको छ। 

अमेरिकी स्टार्टअपका अनुसार बेलुन फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट उड्ने छ। यो अटलान्टिक महासागरमा रहेको एउटा ठूलो पानी जहाज (सीप) मा गएर उर्तिने छ। कम्पनीका सहध्यक्ष जेन पोइन्टरले २०२३ मा अन्तरिक्षको ट्रायल सुरु हुने र २०२४ सम्म यात्रीहरू बोकेर यात्रामा निस्किने बताएका छन्।

प्रकाशित मिति: : 2020-06-22 09:02:53

प्रतिकृया दिनुहोस्