एन्फिल्डमा क्लोपले फर्काएको खुसी

तीर्थराज बस्नेत
फुटबलमा ३० वर्ष चानचुने समय होइन। अझ व्यवसायिक फुटबलमा त अझ यो एक युग नै हो। यसो भन्नुका पछि यसका बलिया आधार पनि त छन्। ३० वर्ष अर्थात ३० लिग उपाधि। अनि बदलिएको खेल शैली, नियम, पूर्वधार र लगानी। 

१९९० पछि मर्सी नदीमा धेरै पानी बग्यो। तर, लिभरपुलले घरेलु लिगको उपाधि भने जित्न सकेन्। तर, ३० वर्षपछि लिभरपुलको एउटा प्रतिक्षा र सपना पुरा भएको छ, बिहीबार राति। दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई चौथो स्थानको चेल्सीले हराएपछि लिभरपुल सात खेल अघि नै लिग विजेता बन्यो। 

यो ३० वर्षको अवधिमा लिभरपुल चार पटक उपाधिको नजिक पुग्यो। तर, भाग्यले साथ दिएन। तर, लामो निराशा पछि गत सिजन र चालू सिजनमा लिभरपुलले आफ्ना समर्थकलाई असिमित खुसी दियो। गत सिजन च्याम्पियन्स लिग र चालू सिजन प्रिमियर लिगको उपाधि जितेर। मर्सी नदीको छेउमा रहेको लिभरपुल सहर फुटबल र संगीतको लागि प्रसिद्ध छ। अहिले सोही सहरबाट पहिलो डिभिजनमा लिभरपुल र एभर्टनले खेल्छन्। सिजनको सुरूवातदेखि लिभरपुल जस्तो लयमा अन्य क्लब थिएनन्। जुन अहिलेसम्म कायम छ। त्यसैको प्रतिफल हो, लिगको उपाधि।  

प्रकाशित मिति: : 2020-06-26 19:48:17

प्रतिकृया दिनुहोस्