नौ वर्षमा चट्याङ लागेर करीब एक हजारको मृत्यु, तपाईंको घर चट्याङ प्रतिरोधात्मक छ ?

देखापढी

काठमाडौँ

सुरेन्द्र पौडेल

१२ असारमा एकैदिन नेपालको सात ठाउँमा चट्याङ पर्‍यो। चट्याङ लागेर तीन जनाको मृत्यु भयो। यसको एकदिन अघि ११ असार बिहान सप्तरी र मकवानपुर विभिन्न स्थानमा चट्याङ पर्दा सात जनाले ज्यान गुमाए भने चार जना घाइते भए। दुई दिनमा चट्याङबाट १० जनाको मृत्यृ भयो। 

यी पछिल्ला दुई दिनका प्रतिनिधि घटना मात्र हुन्। नेपालमा चैतदेखि भदौसम्म वर्षेनी १०० भन्दा बढीको मृत्यु चट्याङका कारण हुने गरेको छ। कसैले खासै वास्ता नगर्ने तर, वर्षेनी ठूलो जनधनको क्षति गर्ने विपद् हो– चट्याङ। नेपालमा वर्षेनी चट्याङका कारण धेरैले ज्यान गुमाउँदै आए पनि यसबारे अध्ययन, अनुसन्धान हुन सकेको छैन। 

“नेपालमा चट्याङ्को अध्ययन भएको छैन। तर, चट्याङ्का घटना हेर्दा केही ठाउँ बढी जोखिममा रहेको देखिन्छ”, गृह मन्त्रालयकी सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख ईन्दु घिमिरेले देखापढीसँग भनिन्। गृह मन्त्रालयको तथ्याङ्कअनुसार २०७७ साल शुरू भएयता करीब साढे दुई महीनाको अवधिमा मात्र नेपालमा चट्याङ लागेर ४० जनाको मृत्यु भइसकेको छ। १३२ जना घाइते भएका छन्। ९९ घरमा क्षति पुर्‍याएको छ। यो अवधिमा भएका १३० वटा चट्याङका घटनाले ४६ लाख २१ हजार बराबरको भौतिक सम्पत्ति क्षति गरेको छ। 

प्रकाशित मिति: : 2020-06-28 10:31:35

प्रतिकृया दिनुहोस्