‘अनलाइन क्लास’ ले माग बढाएपछि ल्यापटप र मोबाइल पाउनै छाड्यो

देखापढी

काठमाडौं

निकेश खत्री    

 लकडाउन खुकुलो भएपछि खुलेको बजारमा ल्यापटप र मोबाइलको माग ह्वात्तै बढेको छ। लकडाउनमा स्कूल/कलेजले ‘अनलाइन क्लास’ शुरू गरेपछि माग बढेको हो।

अनलाइनमार्फत पढ्न ल्यापटप र मोबाइल आवश्यक पर्छ। अनलाइन क्लास शुरू भएसँगै ल्यापटप र मोबाइल किन्नेको संख्या दिनानुदिन बढिरहेको छ। 

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) का अनुसार आजकाल बजारमा ल्यापटप, मोबाइल जस्ता ग्याजेट्सको माग सामान्य अवस्थाको दाँजोमा ६० प्रतिशतले बढेको छ।

“छोराछोरीको मागअनुसार ल्यापटप र मोबाइल किन्न आउनेको संख्या बढिरहेको छ। अनलाइन क्लासले गर्दा पहिला ध्यान नदिनेले पनि आजकाल यस्ता ग्याजेट्स किन्नुपर्ने भएकाले बजारमा अभाव हुन थालिसक्यो,” ताम्राकार प्लाजाका व्यापारी राजेशसिंह ठकुरी भन्छन्।

प्रकाशित मिति: : 2020-06-30 08:05:22

प्रतिकृया दिनुहोस्