धरमरमा १२ अर्बका सिनेमा घर

बाह्रखरी

काठमाडौँ

नरेश फुयाँल

प्रज्वलशमशेर राणाले १० करोड रुपैयाँमा निर्माण गरेको ‘वान सिनेमा’ घर सञ्चालन भएको मुस्किलले पाँच महिना पनि भएको थियो । एकातिर नयाँ मल्टिप्लेक्स अर्कोतर्फ सिनेमा नचलेको समय । फूल अकुपेन्सीको अपेक्षामा बसिरहेका बेला कोरोना संक्रमण नेपाल प्रवेश गर्यो । व्यापारको लय नसमाउँदै मल्टिप्लेक्स कोरोनाको चपेटामा पर्यो ।

प्रज्वलको थाप्लोमा बैंकको १० करोड रुपैयाँ ऋण छ । मासिक १० देखि १२ लाख रुपैयाँ बैंकलाई ब्याज तिर्नुपर्छ । ४० कर्मचारी राखेका छन् । हल सञ्चालन हुँदा मासिक खर्च १० देखि १२ लाख रुपैयाँ लाग्छ । तर चैत ६ गतेबाट सिनेमा हल बन्द छ । कहिले खुल्ने हो थाहा छैन । तर बैंकको ब्याज भने बढेको बढ्यै छ ।

प्रकाशित मिति: : 2020-07-04 09:04:11

प्रतिकृया दिनुहोस्