अब सगरमाथा आधार शिविरमा निःशुल्क इन्टरनेट

 सगरमाथा आधार शिविर र वरपरका क्षेत्रमा निःशुल्क वाइफाई राखिने भएको छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाई जडान गर्न ठेकेदार कम्पनी छानेको छ ।

सगरमाथा आधार शिविसहित लोबुचे, लुमिया, मोञ्जो, नाम्चे बजार, फाख्दिङ, फेरिचे, तेङ्बोचेमा इन्टरनेट जडान हुनेछ ।

सगरमाथा आधार शिविरमा वायरलेस प्रविधिको इन्टरनेट र अन्य क्षेत्रमा अप्टिकल फाइबरमार्फत इन्टरनेट पुर्‍याइने प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

प्राधिकरणले इन्टरनेट जडानको ठेक्का एभरेस्ट लिंक प्रालिलाई दिने निर्णय गरेको छ । प्राधिकरणले यो कम्पनीसँग भ्याटबाहेक ६ करोड ९९ लाख ९ हजार रुपैयाँको सम्झौता गर्ने प्रवक्ता अर्यालले बताए।

प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा भएको रकम प्रयोग गरी सगरमाथा आधार शिविरमा इन्टरनेट विस्तारको काम थालेको हो ।

यही कोषको रकम प्रयोग गरी प्राधिकरणले देशैभरका ग्रामीण क्षेत्रमा इन्टरनेट जडान गर्न १८ वटा प्याकेजमा काम गरिरहेको छ । त्यसमध्ये हालसम्म १६ वटा प्याकेजको काम जिम्मा दिइसकेको छ ।

प्रकाशित मिति: : 2020-07-06 09:06:06

प्रतिकृया दिनुहोस्