अमेजनले लकडाउनको बेला काम गर्ने कर्मचारीलाई ६० अर्ब रुपैयाँ बोनस दिने

ई-कमर्श कम्पनी अमेजनले फ्रन्ट लाइनमा खटिने कामदारलाई ५० करोड अमेरिकी डलर (६० अर्ब ५० करोड नेपाली रुपैयाँ) बोनस बाड्ने भएको छ ।

जुन महिनामा पुरै काम गरेका कामदारलाई ‘थ्यांक यू’ बोनसको नाममा यो बोनस दिन लागिएको हो ।

अमेजन कम्पनीका सिनियर भाइस प्रेसिडेन्ठट डेव क्लार्कले फ्रन्टलाइनमा असजिलो स्थिती काम गर्ने कर्मचारीलाई बोनस दिन लागिएको जानकारी दिए ।

अमेजन कम्पनीका अुनसार कम्पनीमा फुल टाइम गोदाम,होलसेल फुड तथा डेलिवरी क्षेत्रमा काम गर्ने कामदारलाई ५० करोड अमेरिकी डलर बराबरको बोनस पाउने छन् । अमेजन कम्पनीको व्यापार लकडाउनको बेला अत्याधिक बढेको छ ।

प्रकाशित मिति: : 2020-07-06 11:21:14

प्रतिकृया दिनुहोस्