‘कोभिड-१९ ले अर्थतन्त्रमा परेको गम्भीर चुनौतीलाई मौद्रिक नीतिले समेट्नुपर्छ’

देखापढी

काठमाडौँ

शेखर गोल्छा

मौद्रिक नीति हरेक वर्ष आउँछ। र, मौद्रिक नीति आउनु कुनै नौलो कुरा होइन।

तर, यस पटक आउने मौद्रकि नीतिमा नेपालको निजी क्षेत्र मात्र नभई सर्वसाधारणले पनि चासोका साथ हेरिरहेका छन्।

अहिले कोभिड-१९ ले गर्दा ९० दिनसम्म चलेको लकडाउन र त्यसपछि अन्य समस्याहरूले उद्योग व्यवसायमा परेको असर यसअघि परेकोभन्दा फरक छन्।

त्यसैले गर्दा यसपटक आउने मौद्रिक नीतिले अहिले आएको चुनौतीको समाधान गर्न सक्नुपर्छ।

सोहीकारण, यसपटक आउने मौद्रिक नीतिमा सबैको आँखा गएको छ। यो चुनौती नेपालको आर्थिक क्षेत्रमा परेको पहिलो भने चुनौती होइन।

प्रकाशित मिति: : 2020-07-13 08:46:34

प्रतिकृया दिनुहोस्