भानुभक्तको आदिकविमा मतान्तरको राजनीति

थाहा खबर

काठमाडौँ

नरेन्द्रराज प्रसाई
१९४८ सालको कुरो हो, भानुभक्तलाई मोतीरामले ‘कवि भानुभक्तको जीवन चरित्र’ कृतिमार्फत सर्वप्रथम् आदिकवि भनेर पूरा पूर चिनाए। तर, यसबारे कतै कुनै प्रतिवाद र तर्क वितर्क भएन। 

रघुनाथ पोखरेलको ‘रामायण’को ‘सुन्दर काण्ड’ दोस्रो सँस्करणको मुखबन्ध (भूमिका : १९८९)मा दीनानाथ सापकोटाले भानुभक्त आदिकवि होइन, रघुनाथ हुन् भनेर लेखिदिए। त्यस बेहोराले केही भ्रम सिर्जना पनि गरेको थियो, तापनि १९९७ सालमा श्री ३ प्रधानमन्त्री (प्राइममिनिस्टर) जुद्ध शमशेरबाट ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुमप्रमाङ्गी भयो।

त्यसबेला श्री ३ जुद्ध शमशेर राणाले भारत दार्जिलिङको नेपाली साहित्य सम्मेलनलाई ‘भानुभक्त स्मारक’ ग्रन्थका प्रकाशनका सन्दर्भमा प्रदान गरेको उक्त स्मारक ग्रन्थमा प्रकाशित सन्देशमा भनेका थिए- 'सगुण स्वरूप भगवान् श्री रामचन्द्रको पवित्र चरित्र व्याख्यान भएको ‘अध्यात्म रामायण’लाई सरल नेपाली भाषामा श्लोकबद्ध गरी उतारी राम रस फैलाउने कवि भानुभक्ताचार्य नेपाली भाषाका आदिकवि हुन् भने पनि हुन्छ, त्यस्ता चिरस्मरणीय व्यक्तिको स्मारक ग्रन्थ नेपाली साहित्य सम्मेलनले प्रकाश गर्न लागेको बहुतै बढिया हो।'
 

प्रकाशित मिति: : 2020-07-13 14:34:26

प्रतिकृया दिनुहोस्