गायक सन्तोष सुनार : आरजेदेखि गीत संगीतसम्मको यात्रामा

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

सुन्तला पाकेर प्याँलै भयो बोट,
भन मेरि माया तिम्लाई कति चाहिन्छ नोट,
तिमी हिँड्ने पीच गर्दिन्छु रोड ।

समिर आचार्य र विद्या तिवारीको स्वर तथा मिस्टर आरजेको र्‍याप रहेको यो गीत नसुन्ने सायद कमै होलान्। एक वर्ष अगाडि सार्वजनिक भएको यो गीतले युट्युबमार्फत २ करोड ९२ लाख बढी भ्यूज पाएको छ। यही गीतको शब्द सिर्जना गरेका थिए, गायक, संगीतकार तथा मोडलिङ समेत गरिसकेका सन्तोष सुनारले। यो गीतपछि सन्तोषले दर्जनबढी गीत बजारमा ल्याइसकेका छन्। 

‘हुर्केको छोरो हुँ म संस्कारमा, तिमीले स्वर्ग पाउँछेउ मेरो प्यारमा’ जुन गीतलाई एक करोड ३६ लाख बढीले हेरेका छन्। यो गीतका शब्द र संगीत सन्तोषकै हुन्। आफूलाई गीत-संगीत क्षेत्रमा स्थापित गराउँदै आएका सन्तोषले लभ लेटर (शब्द-संगीत), रनभुल (संगीत), तल बिना गाडी (शब्द-संगीत) जस्ता चर्चित गीत सिर्जना गरिसकेका छन्।

प्रकाशित मिति: : 2020-07-19 10:52:23

प्रतिकृया दिनुहोस्