आफ्नो गल्तीले अरुलाई कोरोना सरेकोमा जोकोविचले माफी मागे

एजेन्सी

सर्बिया

विश्व नम्बर एक टेनिस खेलाडी सर्बियाका स्टार नोभाक जोकोविच कोरोना संक्रमणबाट बाहिरिएका छन्। जोकोविचले गत मनिा एक्जिविशन एड्रिया टुर च्यारेटी टेनिस प्रतियोगिताको आयोजना गरेका थिए। यसै बेला नाइट क्लबमा पार्टी दिने क्रममा चोकोविच, उनको श्रीमति तथा अन्य तीन खेलाडीलाई कोरोना भाइरस सरेको थियो। 

यद्यपि जुलाईको पहिलो साता सबैको रिपोर्ट नेगेटिभ आएको थियो। तर, दोस्रो टेस्टपछि जोकोविच अभ्यासमा फर्किएका हुन्। 

उनले मानिसबाटै गल्ती हुने भन्दै सबैसँग माफी मागेका छन्। ‘मानिसबाटै गल्ती हुन्छ। तर, अरुसँग होइन, आफूबाटै सुधारको सुरुवात गर्नुपर्ने हुन्छ,’ जोकोविचले भनेका छन्। 

जोकोविच गत साता परिवारसँगै बोस्निया पनि घुम्न गएका थिए। उनी अध्यात्ममा विश्वास गर्ने खेलाडी हुन्। उनले भने, ‘अध्यात्म आफूभित्र शान्ति खोज्ने सबैभन्दा राम्रो उपाय हो। म विश्वस्त छु, मानिस जन्मजात अध्यात्मिक हुन्छ र भगवानसँग जोडिएको हुन्छ।’

उनले आफ्ना अग्रज रोजर फेडरर र राफेल नाडालबाट थुप्रै प्रेरणा पाएको बताए। उनले यी दुबैलाई महान खेलाडीको संज्ञा दिए। 

उनले आफ्नो कारणले अरुलाई पनि कोरोना सरेकोमा माफी मागे।जोकोविचले यो वर्षको अन्त्यमा आयोजना हुने युएस र फ्रेन्च ओपनमा सहभागिता जनाउने इच्छा प्रकट गरे। उनले भने, ‘युएस ओपन आयोजना हुने खबरले खुसी लागेको छ।’

प्रकाशित मिति: : 2020-07-20 13:53:01

प्रतिकृया दिनुहोस्