सुमाकरको कीर्तिमानलाई भंग गर्ने अभियानमा लुइस ह्यामिल्टन

एजेन्सी

जर्मनी

मर्सिडिज चालक लुइस ह्यामिल्टनले आइतबार ८ औं पल्ट हंगेरियन ग्राप्री जितेर एउटै ट्रयाकमा सबैभन्दा बढी उपाधि जित्ने चर्चित ड्राइभर माइकल सुमाकरको कीर्तिमानलाई बराबरी गरेका छन्। 

यो प्रतियोगितामा दोस्रो स्थानमा रेडबुलका म्याक्स वेरस्टापेन थिए। तेस्रोमा मर्सिडिजकै भोल्टारी बोटास रहे। 

सुमाकारले फ्रेन्च ग्राप्री ८ पल्ट जित्दै कीर्तिमान बनाएका थिए। उनले सन् १९९४ मा पहिलो पल्ट यो उपाधि जितेका थिए। यस्तै ह्यामिल्टनले हंगेरियन ग्रापीको उपाधि पहिलो पल्ट सन् २००७ मा जितेका थिए। 

ह्यामिल्टन अब जर्मनीका फर्मला वान ड्राइभर सुमाकरको ९१ वटा रेस जित्ने कीर्तिमानभन्दा ५ वटा उपाधिबाट मात्र टाढा छन्। ह्यामिल्टनको यो ८६ औं उपाधि थियो।

प्रकाशित मिति: : 2020-07-20 15:11:43

प्रतिकृया दिनुहोस्