बिएल संवाददाता
भारत्तोलन (पावरलिफ्टिङ्ग)का स्वर्णपदक विजेता रुप कार्कीको निधन भएको छ।
अन्तर्राष्ट्रिय पावरलिफ्टिङ्गमा सन् २०१७ र २०१९ मा विश्व रेकर्ड कायम गरि लगातार दुईपटक स्वर्णपदक जितेका कार्कीको आज हृदयघातको कारणले निधन भएकाे हाे।
पारिवारिक स्राेतका अनुसार बुटवलमा उपचार असम्भव भएपछि काठमाडाैं ल्याउँदै गर्दा बीच बाटोमा निधन भएको हाे।
कार्कीले एटलान्टा आईपीएल, इन्टरनेसनल पावरलिफ्टिङ्ग प्रतियोगिता (अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा) आफ्नो तौल समूहमा स्वर्ण जितेका थिए।
उनले कुल १४ सय पाउण्ड उठाएर स्वर्णपदक हात पारेका थिए। चार दिनसम्म सञ्चालित मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण जितेका हुन्।
नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्। उनी अमेरिकास्तरीय प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्णपदक जित्दै च्याम्पियन बनेका थिए।
सन् २००९ देखि भारत्तोलनको अभ्यास सुुरु गरेका कार्की सन् २०१२ देखि पुर्णरुपमा भारत्तोलन खेलमा सक्रिय थिए। कार्कीले अमेरिकाबाट नेपाल फर्केपछि बाँकी जीवन भारत्तोलन खेलमा बिताउने बताएका थिए।
कार्की गैरआवसीय नेपाली संघ अमेरिकाको खेलकुद समितिका सदस्य पनि हुन्। बागलुङ जिल्लाको गल्कोटमा जन्मिएका कार्कीको परिवार रुपन्देहीको तिलोत्तमा–६ भलवारीमा बसाई सरेर आएको हो। उनकाे जीवन संगिनी शोभा सुबेदी र छोरा रुपेश रहेका छन्।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया