बिएल संवाददाता
                                धादिङका लक्ष्मण मल्लले लिगलिगे साइकल दौडकाे पुरुषतर्फकाे उपाधि लक्ष्मण मल्लले हात पारेका छन्।
नेपालको ऐतिहासिक स्थल लिगलिगकोटमा भएको दौडमा मल्लले पुरूषतर्फको उपाधि जितेका हुन्। उनले २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा ५२.९ किलोमिटर दुरी पुरा गरेका हुन्।
दोस्रो स्थानमा चित्त बुझाएका कञ्चनपुरका हिमाल टमाटाले निर्धारित दुरी २ घन्टा ३१ मिनेट ३५ सेकेन्डमा पुरा गरे। यस्तै ललितपुरका ओकेश राज बज्राचार्यले निर्धारित दुरी २ घन्टा ३६ मिनेटमा पुरा गर्दै तेस्रो भए।
महिलातर्फको उपाधि धादिङकै सोनु गुरूङले जितिन्। गुरूङले ५२ दशमलव ९ किमी दुरी २ घन्टा ५६ मिनेट ७ सेकेन्डमा पुरा गरेकी थिइन्।
यस्तै दोस्रो भएकी नुवाकोटकी लक्ष्मी मगरले निर्धारित दुरी ३ घन्टा २ मिनेट ९ सेकेन्डमा पुरा गरेकी थिइन्। तेस्रो भएकी गोरखाकी उषा खनालले निर्धारित दुरी ३ घन्टा ९ मिनेट २ सेकेन्डमा पुरा गरेकी हुन्।
लिगलिगे दौडमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीसहित प्रदेश र स्थानीय स्तरका ७८ जना खेलाडीको सहभागिता थियो।
१०० जनाले रजिष्ट्रेसन गरेको प्रतिस्पर्धामा ६२ पुरूष र १६ महिलाले प्रतिस्पर्धा गरेका थिए। लिगलिग भिलेज स्पोट्र्सको आयोजना पालुङटार नगरपालिका र पर्यटन बोर्डको प्रायोजनमा भएको साइकल दौडमा ६ इभेन्ट्स भएका थिए।
महिला र पुरुष खुला दौड, गण्डकी प्रदेश स्तरीय महिला र पुरुष दौड, पालुङटार नगरपालिका स्तरीय महिला र पुरुष गरी ६ इभेन्ट्समा प्रतिस्पर्धा भएका हुन्।
सबै इभेन्ट्सको रूट र दूरी समान-समान थियो। दौड लिगलिग कोटबाट सुरू भई हर्मि भन्ज्याङ, आँपपीपल, राईनास, पालुङटार, लुइँटेल भन्ज्याङ, बडडाँडा, सभा चौतारा हुँदै पुनः लिगलिग कोट पुगेर समापन भएको थियो।
महिला तथा पुरुष खुला दौडको विजेताले २५ हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १५ हजार रूपैयाँ नगद पुरस्कार जिते।
त्यसै गरी गण्डकी प्रदेश स्तरीय महिला र पुरुष दौडका विजेताले ५ हजार, उपविजेताले ३ हजार र तेस्रो हुनेले २ हजार ५ सय रूपैयाँ नगद पुरस्कार जिते।
पालुङटार नगरपालिका स्तरीय महिला र पुरुषतर्फको विजेताले २ हजार ५ सय, उपविजेताले २ हजार र तेस्रो हुनेले एक हजार रूपैयाँ नगद पुरस्कार पाएका थिए।
लिगलिग भिलेज स्पोट्र्सको आयोजना नेपाल पर्यटन बोर्ड र पालुङटार नगरपालिकाको प्रायोजन गरेकाे हाे। त्यस्तै सिरानचोक गाउँपालिका र राइनस नगरपालिकाले सहप्रायोजन गरेका थिए। प्राविधिक सहयोग नेपाल साइक्लिङ एसोसिएसनका साथै रेस रुट भोलिन्टेयर बौद्ध हिमाल युवा क्लबले गरेको हाे। कार्यक्रमका मुख्य अतिथि नेपाल पर्यटन बोर्डका सिइओ डा धनन्जय रेग्मी र अतिथी पालुङटार नगरपालिकाका मेयर दिपक बाबू कडेंल थिए। त्यसैगरी टिशर्ट शौजन्य आँमपिपल निवासी मनकाजी श्रेष्ठ र झण्डा सहयोग गोर्खा समाज हङकङले गरेका थिए !






                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया