बिएल संवाददाता
एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार अपराजित नेपाली राष्ट्रिय महिला टोली र उज्वेकिस्तान एकअर्काविरुद्ध जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदै छन्।
बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा बलियो प्रतिस्पर्धीको रुपमा आफूलाई उभ्याएका दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल १:१५ मा हुनेछ।
नेपाल तीन खेलमा आठ अंक जोड्दै दोस्रो स्थानमा छ भने उज्वेकिस्तान नौ अंक जोड्दै शिर्ष स्थानमा छ। सात अंक जोडेको श्रीलंका तेस्रो स्थानमा र तीन अंक जोडेको किर्गिस्तान चौथो स्थानमा छ। बंगलादेश र माल्दिभ्स अंकविहीन छन्।
साविक विजेता टोलीले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्व ३-२ को जित निकाल्दै श्रीलंकासँग एक अंक बाँडेको थियो। यस्तै शुक्रबार माल्दिभ्स र शनिबार घरेलु टोली बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो।
यसैगरी आइतबार नै हुने पुरुषतर्फको खेलमा नेपाली टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल ३:४५ मा हुनेछ।
प्रतियोगितामा एक जित र दुई हार बेहोरेको पुरुष टोलीले तीन अंक जोडेको छ। यस्तै समान दुई खेल खेलेको आयोजक बंगलादेश र श्रीलंकाले समान ६ अंक जोडेका छन्। उज्वेकिस्तानले पनि तीन अंक प्राप्त गरेको छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया