बिएल संवाददाता
नेपाल घोडचढी संघले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। अन्तर्राष्ट्रिय इक्वेस्टेरियन महासंघको बेल्जियमको अन्टर्पमा बसेको विशेष साधारण सभाले नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो।
नोभेम्बर १४ देखि १७ सम्म बेल्जियममा बसेको बैठकले नेपाललाई मान्यता दिने निर्णय भएको महासंघकी सचिव सर्बिना इबानेजले जानकारी दिएकी हुन्। नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने महासंघको निर्णयप्रति संघका अध्यक्ष रवी राजकर्णिकारले खुसी व्यक्त गरेका छन्। उनले ६ वर्षको अनवरत प्रयास सफल भएकोमा सबैलाई धन्यबाद ज्ञापन गरे।
नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने सम्बन्धमा गत महिना विदेशी पदाधिकारीले नेपालको भ्रमण गरेका थिए। उनीहरूले नेपाल बसाइँका क्रममा यस खेलको सम्भावना र विकाशको पक्षबारे जानकारी लिएका थिए।
उनीहरूले यतिबेला युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, रक्षा मन्त्री मिनेन्द्र रिजाल, राष्ट्रिय खेलकुद परिषद्का तत्कालिन सदस्य–सचिव, नेपाल आर्मीको क्याभिलरी विभागका पदाधिकारी, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँग भेटघाट पनि गरेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया