बिएल संवाददाता
नेपाल घोडचढी संघले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। अन्तर्राष्ट्रिय इक्वेस्टेरियन महासंघको बेल्जियमको अन्टर्पमा बसेको विशेष साधारण सभाले नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो।
नोभेम्बर १४ देखि १७ सम्म बेल्जियममा बसेको बैठकले नेपाललाई मान्यता दिने निर्णय भएको महासंघकी सचिव सर्बिना इबानेजले जानकारी दिएकी हुन्। नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने महासंघको निर्णयप्रति संघका अध्यक्ष रवी राजकर्णिकारले खुसी व्यक्त गरेका छन्। उनले ६ वर्षको अनवरत प्रयास सफल भएकोमा सबैलाई धन्यबाद ज्ञापन गरे।
नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने सम्बन्धमा गत महिना विदेशी पदाधिकारीले नेपालको भ्रमण गरेका थिए। उनीहरूले नेपाल बसाइँका क्रममा यस खेलको सम्भावना र विकाशको पक्षबारे जानकारी लिएका थिए।
उनीहरूले यतिबेला युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, रक्षा मन्त्री मिनेन्द्र रिजाल, राष्ट्रिय खेलकुद परिषद्का तत्कालिन सदस्य–सचिव, नेपाल आर्मीको क्याभिलरी विभागका पदाधिकारी, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँग भेटघाट पनि गरेका थिए।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया