चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा

लण्डन क्लब चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट भएको छ।

आइतबार साँझ भएकाे प्रिमियर लिगको अन्तिम चरणको खेलमा जित निकाल्दै दुबै टाेलि छनाेट भएका हुन्।

चेल्सीले उल्भ्समाथि दुई शुन्यको जित सहित चेल्सी शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट भएको हो।

चेल्सीलाई जिताउन मासन माउन्ट नायक रहे। पहिलो हाफको ईन्जुरी समयमा डिबक्स बाहिरबाट फ्रिकिकमार्फत माउन्टले चेल्सीलाई अग्रता दिलाएका थिए।

लगत्तै अर्को मिनेटमा माउन्टले निकालेको पासमा गोलकिपरलाई बिट गर्दै ओलिभर जिराउडले लण्डन क्लबका लागि दोस्रो गोल गरेका थिए।

चेल्सी ६६ अंक सहित चौथो स्थानमा रहदै लिगको अन्त्य गर्यो। उल्भ्स अन्तिम खेलमा पराजित हुँदै सातौ स्थानमा रह्यो।

यता युनाइटेडले १० खेलाडीमा सिमित लेष्टर सिटीलाई २-० गोल अन्तरले पराजित गरेको छ।

युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र जेसे लिंगार्डले एक/एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

खेलको इन्जुरी समयमा जोनी इभान्सले रातो कार्ड पाएपछि अन्तिम केहि समय लेष्टर १० खेलाडीमा समेटिएको थियो।

त्यसपछि खेलको अन्तिम समयमा लिंगार्डले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए।

जितसँगै युनाइटेडले ३८ खेलमा ६६ अंक जोडेको छ।

प्रकाशित मिति: : 2020-07-26 22:59:44

प्रतिकृया दिनुहोस्