ह्याप्पी बर्थडे टु मी

देखापढी

काठमाडौँ

निकेश चपाईं

दर्जन बचेराहरूबीच एक बचेरा,
उड्न सक्दैन अरु जस्तै,
उड्नलाई बुरुक्कबुरुक्क उफ्रेर थाकेको बेला,
मालिक बन्दुक पड्काउँछ माया गरेर,
तर्सेरै भए पनि उड्छ कि भनेर,
बचेरा, लुक्न खोज्छ कतै।
तर 
बन्दुकको त्यत्रो आवाजले लखेट्दा,
विचरो ऊ लुकोस् कहाँ र कसरी?

म गुटमुटिएको छु सिरकभित्रै। मनमा आएको छ यो कविता। तर, लेख्न सक्दिनँ न त बोल्न नै सक्छु कसैलाई लेखिदे भन्नका लागि। म त्यही बचेराजस्तै छु। बुरुक्कबुरुक्क उफ्रन्छु र सोच्छु एक दिन त अवश्य उड्ने छु। र, सकिनँ भने पनि यस्तो उफ्राई उफ्रिनेछु कि ती उड्नेहरू भन्दा धेरै माथि पुग्ने छु। र, हेर्ने छु माथिबाट तलतिर, आखिर यिनीहरूको उडान माथिबाट हेर्दा कस्तो देखिन्छ? कति माथि उड्दा रैछन् त यिनीहरू! 

प्रकाशित मिति: : 2020-07-28 12:03:36

प्रतिकृया दिनुहोस्