भदौ १ बाट विद्यार्थी भर्ना गरेर के गर्ने ?

देखापढी

काठमाडौं

कृष्णसिंह धामी

 १ भदौबाट देशभर विद्यार्थी भर्ना अभियान चल्दैछ। कोरोना महामारीबाट वैशाखमा हुनुपर्ने अभियान रोकिएको थियो। ७ साउनबाट  लकडाउन हटेसँगै सरकारले विद्यार्थी भर्ना अभियानका लागि अनुमति दिएको थियो। 

तर, पठनपाठन भने तत्काल नगर्ने सरकारले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अवस्था सहज नभएसम्म विद्यालय सञ्चालनमा नआउने स्पष्ट पार्दै आएका छन्। यदि त्यसो हो भने १ भदौबाट किन विद्यार्थी भर्ना गर्न लागिएको ? आम अभिभावकको प्रश्न छ।

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी यसलाई अभिभावकहरूबाट पैसा असुल्ने षडयन्त्र मात्र भएको बताउँछन्। नीजि विद्यालयहरूले दिँदैं आएको दबाब थेग्न नसकेर सरकार भर्ना गर्न दिन तयार भएको उनको भनाइ छ। 

“कोरोना महामारी कहिले सकिन्छ। अहिले नै भन्न सकिने आधार छैन्। तर, सरकारलाई विद्यार्थी भर्ना गर्न किन हतार भयो? यो सबै नीजि विद्यालयहरूको दबाब थेग्न नसकेर गरेको हो।” उनले भने। 

प्रकाशित मिति: : 2020-07-31 11:18:47

प्रतिकृया दिनुहोस्