‘मध्यपूर्वको पेरिस’, विष्फोट र भविष्य

देखापढी

काठमाडौं

प्रभाकर लुइँटेल

 कला, संस्कृति र रहनसहनमा पूर्वीय तथा पाश्चात्य अनि प्राचीनता र आधुनिकताको लोभलाग्दो सम्मिश्रण बनी कुनै समय मध्यपूर्वको पेरिस भनेर विशिष्ट पहिचान बनाएको लेबनानको राजधानी बेरुत, इतिहासको पछिलो खण्डमा हुर्किएका पुस्ताहरुको लागि भने विष्फोटको पर्याय भएको छ। 

१९७० को दशकको मध्यबाट सुरु भै सन् १९९० सम्म भड्किएको साम्प्रदायिक गृहयुद्धमा धराशायी भएको अर्थतन्त्रपछिको सबैभन्दा ठूलो आर्थिक मन्दी हाल विश्वव्याीरुपमा फैलिएको कोभिड–१९ महामारी र भइरहेको बन्दाबन्दीले निम्त्याएको छ। मंगलबार स्थानीय समयअनुसार १८ः०८ बजे बेरुतको बन्दरगाहमा गैरजिम्मवारपूर्ण भण्डारण गरिएको अमोनियम नाइट्रेट विष्फोटको वास्तविक कारण गम्भीर अन्वेषणपश्चात् मात्रै आकलन गर्न सकिएला। १५ वर्षअगाडि तत्कालीन प्रधानमन्त्री राफिक हरारीलगायत २१ जनाको ज्यान जानेगरी हजार केजी टीएनटी विष्फोट गराइएकै स्थान नजिक भएको मंगलबारको विष्फोटले निम्त्याउने बहुआयामिक असरले लेबनानको भविष्य भने थप अन्योलग्रस्त बनाएको छ।

प्रकाशित मिति: : 2020-08-07 18:06:22

प्रतिकृया दिनुहोस्