सुनको मूल्य तोलामा ९ सयले घट्यो

नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गर्दै आएको बहुमूल्य पहेँलो धातु सुनको भाउ साताको पहिलो दिन आइतबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

महासंघका अनुसार तेजाबी सुन पनि तोलामा ९ सय रुपैयाँले घटेको छ। तेजाबी सुन आइतबार तोलाको १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन शुक्रबार तोलाको १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो। बिहीबार तेजाबी सुन तोलाको १ लाख २ हजार थियो।  

चाँदीको भाउ भने बढेको छ। शुक्रबार चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेकामा आइतबार ५ रुपैयाँले बढेको छ। 

महासंघका अनुसार आइतबार चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार शुक्रबार चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2020-08-09 11:44:40

प्रतिकृया दिनुहोस्