रुसले भन्याे – कोरोना भ्याक्सिन २ महिनासम्म मानिसमा परीक्षण गरिएकाे हाे

एजेन्सी

मस्काे

रुसले आफूले निर्माण गरेको कोरोना भ्याक्सिन २ महिनासम्म मानिसमा परीक्षण गरिएको जनाएकाे छ।

रुसले बनाएकाे भ्याक्सिनबारे जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकहरुले शंका रहेकाे बताएपछि याे भनाइ आएकाे हाे।

बुधबार रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, ‘यस्तो लाग्छ कि हाम्रा विदेशी साथीहरुले रुसी चिकित्सा प्रतिस्पर्धामा अगाडी बढ्न खोजेको आरोप लगाएका छन् र त्यसरी बुझेका छन्।’

मंगलबार रुसले कोरोना भ्याक्सिन निर्माण गरि दर्ता गरिएको घोषणा गरेको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले पहिलो कोरोना भ्याक्सिन निर्माण गरेको जानकारी दिएका थिए। पहिलो खोप उनले आफ्नै छोरीलाई दिइएको बताएका छन्। जुन खाेपकाे नाम थियाे   ‘स्पुटिनिक–भी’।  

रुसले निर्माण गरेको भ्याक्सिनलाई आफ्नो एउटा अति महत्वकांक्षी भू–उपग्रहको नाम ‘स्पुटिनिक–बी’ बाट राखेको छ। यो उपग्रह सन् १९५७ मा लञ्च गरिएको थियो। 

तर, उनले दुई छोरी मारिया र यकेटेरिनामध्ये कसलाई भ्याक्सिनको डोज दिएको त्यो स्पष्ट पारेनन्। 

रुसी अधिकारीहरुका अनुसार अक्टोबरदेखि ठूलो संख्यामा खोप लगाउन सुरु गरिनेछ।यो भ्याक्सिन पहिले बृद्धबृद्धा तथा स्वास्थ्यकर्मीमा प्रयोग गरिने तथा अक्टुबरसम्म बजारमा आइपुग्ने दाबी गरेको छ।

यता विश्व स्वास्थ्य संगठनले यो खोपको समीक्षा गर्न रुसी अधिकारीहरुसँग सम्पर्क अघि बढाएको जनाएको छ।

संगठनले अहिले विश्वमा निर्माण भैरहेका मुख्य ६ वटा खोपहरुको अनुगमन गरिरहेको छ। जुन खोपहरुको विकासको चरणमा रहेका छन्। तर रुसले निर्माण गरिरहेको खोपलाई भने समावेश गरेको थिएन। 

याे पनि 

यस्तो छ कोरोना भ्याक्सिनको पहिलो ‘स्याम्पल’ 

रूसले बनाएको कोरोना भ्याक्सिनप्रति डाक्टर फाउसीको आशंका 

कोरोनाको भ्याक्सिन अक्टुबरदेखि बजारमा ल्याउने रुसको दावी

रुसले बनाएकाे काेराेना भ्याक्सिनबारे केही जानकारी छैन: डब्ल्यूएचओ

रुसको कोरोना भ्याक्सिनलाई फिलिपिन्सको समर्थन

राष्ट्रपति पुटिनकै छोरीमाथि प्रयोग गरियो कोरोना भ्याक्सिन

रुसले बनायो कोरोनाको भ्याक्सिन, डब्ल्यूएचओको आशंका

प्रकाशित मिति: : 2020-08-13 06:57:26

प्रतिकृया दिनुहोस्