आइतबार, २१ सेप्टेम्बर २०२५

रुसले बनायो कोरोनाको भ्याक्सिन, डब्ल्यूएचओको आशंका

News Image
• • •

अन्तर्राष्ट्रिय समुदायको संशयका बाबजुद रुसले मंगलबार कोरोना भाइरसको भ्याक्सिन सार्वजनिक गरेको छ। 

विगत ७ महिनादेखि विश्वलाई आतंकित पारेको कोरोनाविरूद्ध भ्याक्सिन सार्वजनिक गर्ने रुस पहिलो देश हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो एक जना छोरीमा भ्याक्सिन प्रयोग गरिएको जानकारी दिएका छन्। 

उनले देशमा तयार भएको भ्याक्सिन प्रयोगपछि शरीरभित्र कोरोनाविरूद्ध लड्न आवश्यक पर्ने ‘इम्युनिटी’ पैदा हुने दावी गरेका छन्। रुसले गत साता नै अगस्ट १२ सम्म कोरोना भाइरसको भ्याक्सिन तयार हुने जानकारी दिएको थियो। 

तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लगायत अन्य चिकित्सकले रुसले परीक्षण गरेको भ्याक्सिनको बारेमा प्रश्न उठाएका थिए। डब्ल्यूएचओले तेस्रो चरणको परीक्षण पुरा नहुँदासम्म रुसले सार्वजनिक गर्ने भ्याक्सिनले लाखौं मानिसको स्वास्थ्यमा नकारात्मक असर पर्ने बताएको थियो। 

मंगलबार मस्कोमा सरकारी अधिकारीसँगको बैठकमा पुटिनले भित्री रूपमा यसको राम्रोसँग परीक्षण भएको र भ्याक्सिन सुरक्षित रहेको बताए।

मंगलबार, श्रावण २७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)