सुन ८ सयले बढेर ९८ हजार ६ सय कायम

विश्वव्यापी रुपमा कोरोना महामारी फैलिरहेकोले बजार सेलाई रहेको छ। आर्थिक रुपमा विश्व बजार नै मन्दी लागेको छ। तर सुनले भने बजार तताई रहेको छ। दिन प्रतिदिन आफ्नै रेकर्ड तोड्दै गईरहेको सुनको मूल्यमा शुक्रबार फेरि बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ८ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयाँ रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १९५२.६४ डलरमा कारोबार भएको छ। चाँदी प्रतिऔंस २७.३२ डलर रहेको छ।

प्रकाशित मिति: : 2020-08-14 11:44:38

प्रतिकृया दिनुहोस्