आँखाबाट कोरोना भाइरस सर्छ ? (भिडिओसहित)

देखापढी

काठमाडौँ

विनय कुमार

कोभिड-१९ के बाट सर्छ ? 
धेरैको जवाफ आउँछ, नाक र मुखबाट। 
बच्न के गर्नुपर्छ ? मास्क लगाउनुपर्छ। 
त्यसो भए, तपाईंलाई आँखाबाट कोरोना भाइरस सर्छ भन्ने थाहा छ ? 
धेरैलाई नहुन सक्छ। नाक र मुखबाट कोरोना सर्छ भनेर मानिसहरू धेरै सचेत भएका छन्। त्यसबाट जोगिन स्यानिटाइजर र साबुन पानीको प्रयोग पछिल्लो ६ महीनायता नेपालमै पनि संस्कार जस्तै भइसकेको छ। 

कोरोना आँखाबाट सर्छ भन्ने जान्दाजान्दै पनि ध्यान दिन सकेका भने छैनौं। किन त ? आँखा रोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल भन्छन्, “कोरोना भाइरस आँखा भन्दा मुख र नाकबाट बढी सर्छ, बोल्दा थुकका छिटाहरू अरू व्यक्तिलाई पर्दा सर्ने भएर मुख र नाकलाई प्राथमिकता दिइएको हो।” 

अमेरिका र बेलायतका अनुसन्धान केन्द्रहरूमा गरिएको अध्ययनका अनुसार कोरोना भाइरसका जीवाणुहरू आँखाबाट सर्ने सम्भावना ९५ प्रतिशत हुन्छ। यसबारे थुप्रै अनुसन्धान अझै पनि भइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही समयअघि नाक र मुखबाट भन्दा आँखाबाट कोरोना भाइरस सर्न सक्ने सम्भावना बढी हुने भन्दै चस्मा लगाउन आह्वान गरेका थिए।

“आँखामाथि ध्यान नदिनुको कारण त्यसतर्फ धेरैको चासो नहुनु नै हो, जबकी आँखामा पनि पर्याप्त ध्यान दिनसक्नुपर्छ,” डा. ढुंगेल भन्छन्। ‘अमेरिकी अप्टिमेट्रिक एशोसिएशन’ (एओए)का अनुसार आँखाको ‘कन्जनटाइवा’बाट शरीरमा प्रवेश गर्ने र रगतको माध्यमबाट संक्रमण फैलिन्छ। तर, त्यस्ता संक्रमणका केसहरू भने पर्याप्त देखिएको छैन। 

प्रकाशित मिति: : 2020-08-20 07:57:51

प्रतिकृया दिनुहोस्